५ आश्विन २०८१, शनिबार

सनराईज बैंकको सिइओमा शर्मा नियुक्त

प्रकाशित मिति :  10 February, 2021 2:23 pm


काठमाडौं । सनराईज बैंकको प्रमुख कार्यकारी अधिकृत (सिईओ)मा सुमन शर्मा नियुक्त भएका छन् । आज बुधबार बसेको बैंक संचालक समितिको बैंठकले शर्मालाई सिईओमा नियुक्त गरेको हो ।

बैंककले यसअघिका सिईओ जनकराज शर्मा पाैड्यालको राजीनामा स्विकृत गरेसँगै शर्मालाई ४ बर्षका लागि सिइओमा नियुक्त गरिएको हो । उनले बुधबारदेखि नै कार्यभार सम्हालेका छन् ।

उनीसँग बैंकिङ क्षेत्रमा ३ दशक लामो अनुभव छ । नेपाल एसबीआई बैंकबाट बैंकिङ करिअरको सुरुआत गरेका शर्मा ग्लोबल आईएमई, माछापुच्छ्रे, एनएमबी लगायतका बैंकमा काम गरिसकेका छन् । शर्मा यसअघि माछापुच्छ्रे बैंकमा सीईओ थिए ।



प्रतिक्रिया दिनुहोस !