४ आश्विन २०८१, शुक्रबार

१० लाख जनता उतारेर बालुवाटार र सिंहदरबार घेर्ने प्रचण्डको चेतावनी

प्रकाशित मिति :  10 February, 2021 6:44 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रचण्ड नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सिंहदरबार र बालुवाटार घेर्ने चेतावनी दिएका छन् ।

काठमाडौंमा आज भएको सभालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले भने,”केपीजी देख्नुभयो, सभा कस्तो हुन्छ। विरोध र प्रदर्शन कस्तो हुन्छ ? जनताको पीडा बुझ्नुभएन भने सिंहदरबार र बालुवाटार घेर्न आउँछन् । जरूरी पर्‍यो भने सिंहदरबार र बालुवाटार घेर्ने अर्को आमसभा गर्नेछौं।”

प्रधानमन्त्री ओलीले लोकतन्त्रको हत्या गरेकोसमेत उनले बताए। उनले भने, “निर्वाचन आयोग खुट्टा नकमाउ, काइते कुराको पछि नलाग भनेको न हो हामीले ।  ठगी धन्दाको पछि लाग्ने ? निरङकुशताको पछि लाग्ने , लोकतन्त्र मास्ने खोज्ने ? ७० वर्षको नेपाली जनताले लडेर ल्याएको लोकतन्त्रमा घात गर्ने र उसैले धम्की दिने ? अनि जनताले सहन्छ ।”

उनले केपी ओलीलाई दश लाख जनता लिएर सिंहदरबार र बालुवाटार घेर्न आउन नपरोस् भनेर चेतावनी पनि दिएका छन् ।

उनले भने,”केपी जीलाई के हो भने अर्को पटक फेरि १० लाख जनता लिएर बालुवाटार र सिंहदरबार घेर्न आउन नपरोस् । चेपीको चुनावी नौटंङकी हुनेवाला छैन । त्यसको भ्रममा कोही नपरौंँ ।”

प्रचण्डले भने,”एकचोटी हाम्रा संवैधानिक निकायले स्वतन्त्र ढंगले विवेक प्रयोग गरुन् । कसैको डर धाक धम्की नहेरुन्, जनताको भावना बुझुन् । जनताको अनुहार हेरुन्, जनताको भावना पढुन्, यत्ति हो अनुरोध ।”

प्रचण्डले प्रतितिनिधिसभा पुनःस्थापना नभए देशमा आँधी हुरी आउने त्यसलाई कसैले रोक्न नसक्ने चेतावनी दिए । प्रतिनिधि सभाको मुद्दा अहिले सर्वोच्च पुगेको बेला उनले भने,”नियमसंगत कानुनत हेर्दा पनि जीत हाम्रै हुन्छ, त्यसकै ढिला भएको मात्रै हो ।”

सर्वोच्च अदालतले अब छिट्टै संसद पुनर्स्थापनाका पक्षमा फैसला गर्ने उनले विश्वास व्यक्त गरे । आफूले बोल्दा अदालतको अवहेलना भएको पनि भन्ने गरेको भन्दै प्रचण्डले त्यो नगरेको बताए ।

उनले भने,”मैले कहिल्यै अपमान गरेको छैन । अदालतप्रति भरोसा छ, छिटो गरिदेऊ भनेको छु । गर्ने त्यही हो, छिटो गर । निर्वाचन आयोग खुट्टा नकामाऊ, काइते कुराको पछि नलाग ।”

 



प्रतिक्रिया दिनुहोस !