४ आश्विन २०८१, शुक्रबार

प्रचण्ड–नेपाल समूहका नेतामाथि सरकार कानूनी रुपमा आक्रमक हुने संकेत,प्रहरीले नेतृ झाँक्रीलाई बोलायो

प्रकाशित मिति :  11 February, 2021 11:27 am


काठमाडौं । सरकार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)नेकपा प्रचण्ड–नेपाल समूहका नेतामाथि कानूनी रुपमापनि आक्रमक हुने संकेत देखिएको छ ।

नेकपा विभाजनपछि प्रचण्ड नेपाल समूह र ओली समूहले एउटा छुट्टा छुट्टै कार्यक्रम र जनसभा गर्दै आएका छन् । दुबै पक्षले एक अर्काप्रति आक्रमक अभिव्यक्ति दिदै आइरहेका बेला प्रहरीले प्रचण्ड–नेपाल समूहकी नेतृ रामकुमारी झाँक्र्रीमाथि कानूनी कारबाहीको प्रयास गरेको छ ।

झाँक्रीले राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध दिएको अभिव्यक्तिलाई लिएर सोधपुछका लागि भन्दै बोलाएको हो । नेतृ झाँक्रीले गोरखामा भएको कार्यक्रममा बोल्दै भनेकी थिइन्,“राष्ट्रपतिका कुरा त के गर्नु र ! बडामहारानीले चुनाव हुन्छ भन्नुभएछ। बडामहारानीलाई गोरखाबाटै सन्देश दिन्छु। शीतल निवासको कारगेट छाडेर कोटेश्वर फर्किए हुन्छ। चाबहिल हो कि कता घर छ रे। त्यता पनि नभए बालकोट नै गए पनि हुन्छ ।”

उनको थप भनाइ थियो,“मदन भण्डारीको हत्यापछि सेतो साडी लगाएर चुनावमा उठाउने नेकपा एमालेले जुन संस्कृति सुरू गरेको थियो, जे गरेको थियो, त्यसको प्रतिउत्पादक हो विद्या भण्डारी ।”

राष्ट्रपति भण्डारी विरुद्ध अभिव्यक्ति दिएपछि ओली समूहका नेता कार्यकर्ता आक्रमक थिए । ओली समूह निकट महिला संगठनले झाँक्रीलाई कारबाहीको माग गर्दैै गृहमन्त्री रामबहादुर थापा बादललाई ज्ञापन पत्र समेत बुझाएको थियो । झाँक्रीले राष्ट्रपति विरुद्ध कडा अभिव्यक्ति दिँदै आएकी छन् ।

पुस ५ गते मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित भएको थियो । संविधानको संरक्षले नै प्रधानमन्त्रीको सिफारिस अनुमोदन गरेर असंवैधानिक कदम चालेको विपक्षीको आरोप छ ।

अभिव्यक्तिलाई दिएर प्रहरीले नेतृ झाँक्रीलाई बोलाएपछि ओली कानूनी रुपमापनि आक्रमक हुने संकेत देखाएका छन् । प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको बताएको छ ।



प्रतिक्रिया दिनुहोस !