४ आश्विन २०८१, शुक्रबार

नेतृ झाँक्री निवासमा प्रहरी परिचालन,गिरफ्तारी दिन झाँक्री तयार

प्रकाशित मिति :  11 February, 2021 12:03 pm


काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहकी नेतृ रामकुमारी झाँक्रीले आफूले गिरफ्तारी दिने बताएकी छन् ।

प्रहरीले पक्राउ पुर्जी लिएर आए आफू गिरफ्तारी दिने बताइन् । तर कसैले बोलाएको आधारमा भने प्रहरी कार्यालय नजाने उनको भनाइ थियो ।

आफ्नै निवासमा पत्रकारसँग कुरा गर्दै नेतृ झाँक्रीले गणतन्त्रको प्रतिकको रुपमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारीले राजतन्त्रकालिन भद्धा अभ्यास गर्न सुरु गरेपछिको अहिले टकराव देखिएको बताइन् ।

उनले यो राजनीतिक मुद्दा भएकाले आफूहरुले प्रतिवादन गर्नेपनि बताइन् । अहिले झाँक्रीलाई पक्राउ गर्न उनकै निवासमा प्रहरी परिचालन भएका छन् ।



प्रतिक्रिया दिनुहोस !