झाँक्री निवास अगाडि प्रहरी र नेकपा कार्यकताको ठूलो भीड, सरकार विरुद्ध चर्का नारावाजी हुदै
प्रकाशित मिति : 11 February, 2021 12:23 pm
काठमाडाैं ।
नेकपा नेतृ रामकुमारी झाँक्रीको निवास अगाडि कार्यकर्ताको ठूलो भीड जम्मा भएको छ । सरकार विरुद्ध नारावाजी गर्दै गरेका कार्यकर्ता र प्रहरीबीच लछारपछार समेत भएकाे छ ।
गोरखामा राष्ट्रपति विद्यादेवी भण्डारीबारे दिएको अभिव्यक्तिलाई लिएर प्रहरीले उनलाई सोधपुछका लागि बोलाएको हो । झांक्रीले पक्राउन पुर्जा लिएर आएमा पक्राउ दिने बताइकी छिन् ।
नारावाजी जारी छ । प्रहरीले झाँक्रीलाइ प्रकाउ गर्न गएपछि झडपकाे वातावरण सिर्जना भएकाे हाे ।
https://www.lumbinisanchar.com/archives/25105