४ आश्विन २०८१, शुक्रबार

झाँक्रीले गिरफ्तारी दिंदै भनिन्, ‘संविधानमाथि बलात्कार भएको छ’

प्रकाशित मिति :  11 February, 2021 12:59 pm


काठमाडाैं । प्रतिनिधिसभा सदस्य तथा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेतृ रामकुमारी झाँक्रीलाई प्रहरीले गिरफ्तार गरेकाे छ । ठूलो संख्यामा जम्मा भएको समर्थकलाई सम्झाउँदै उनले गिरफ्तारी दिएकी छिन् ।

सम्बोधन गर्दै उनले संविधानमाथि बलात्कार भएको बताएकी छिन् । समर्थकले गिरफ्तारीपछि पनि नाराबाजी जारी राखेका थिए ।

झाँक्रीले पक्राउ पूर्जी ल्याउन भनेपछि प्रहरीले राज्यविरुद्धको कसुर अन्तरगत दफा ५८ को कसुरमा अनुसन्धानका लागि तत्काल पक्राउ गर्नु परेको भन्दै पूर्जी थमाइएको थियाे । पूर्जी बुझेपछि उनले काठमाडाैं शंखमुलस्थित निवासबाट गिरफ्तारी दिएकी हुन् ।

नेतृ झाँक्रीको निवास काठमाडौंको शंखमुल ओरालोबाट द्रेब्रेतिर चोक आउछ । त्यसपछि २ सय मिटर अगाडिबाट फेरि देब्रेतिर लिभरपुल कलेजसँगै घर रहेको छ ।

 



प्रतिक्रिया दिनुहोस !