५ आश्विन २०८१, शनिबार

नेपाल लाइफको सिईओमा सन्तोष प्रसाई नियुक्त

प्रकाशित मिति :  11 February, 2021 2:41 pm


काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा सन्तोष प्रसाईं नियुक्त भएका छन् । मंगलबार बसेको कम्पनी संचालक समितिको बैठकले डेपुटी सिईओबाट पदोन्नती गरेर सिईओ मा नियुक्त गर्ने घोषणा गरेको हो

कम्पनीको माघ २७ गते मंगलबार बसेको सञ्चालक समिति बैठकले कार्यवाहक सीईओ प्रसाईंलाई सीईओमा पदोन्नति गर्ने निर्णय गरेको हो ।

तीन वर्षदेखि नेपाल लाइफ इन्स्योरेन्समा आबद्ध प्रसाईंले साउन १ गतेदेखि कार्यवाहक सीईओको जिम्मेवारी सम्हाल्दै आएका थिए । उनीसँग बिमा क्षेत्रको नियमनकारी निकाय बिमा समितिमा सात वर्ष काम गरेको अनुभव पनि छ ।



प्रतिक्रिया दिनुहोस !