साताको अन्तिम दिन दोहोरो अंकले घट्यो
प्रकाशित मिति : 11 February, 2021 3:56 pm
काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्से साताको अन्तिम दिन सेयरबजार दोहोरो अंकले घटेको छ । बिहीबार नेप्से १६.११ अंकले घटेर २५२६.९२ अंकमा झरेर रोकिएको हो । सेन्सेटिभ परिसूचक पनि १.६६ अंकले घटेर ४६३.४७ अंकमा पुगेको झरेको छ ।
आज नेप्सेमा कारोबार भएका कूल १२ उपसमूहमध्ये ३ वटा मात्र उपसमूहहरुको सेयर बढेको छ भने बाँकि ९ वटा उपसमूहको सेयर घटेको छ ।
त्यसैगरी, आज कारोबार रकमको आधारमा डिप्रोक्स लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ५६ करोड ६३ लाख ३१ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।
कुल २ सय ६ वटा कम्पनीको १ करोड ५९ लाख ९२ हजार ९९० कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ३८ करोड २२ लाख १२ हजार ६३४ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।