५ आश्विन २०८१, शनिबार

सडक पूर्वाधार विकास कार्यालय रोल्पाका निमित्त प्रमुख श्रेष्ठ सहित चार कर्मचारी अख्तियारको नियन्त्रणमा

प्रकाशित मिति :  11 February, 2021 8:47 pm


रुपन्देही । सडक पूर्वाधार विकास कार्यालय, रोल्पाका निमित्त कार्यालय प्रमुख नवीन श्रेष्ठ सहित चार जना स्रोत नखुलेको रकमसहित पक्राउ परेका छन् ।

अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय बुटवले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा प्रमुख श्रेष्ठ सहित ईन्जिनियर निर्मल पन्त, सब इन्जिनियर प्रेम कुमार बराल र सवारी चालक मान सिंह पुनमगर छन् ।

उनीहरुलाई स्रोत नखुलेको १ लाख ९० हजार रुपैयाँसहित पक्राउ गरिएको अख्तियार कार्यालय बुटवलले जनाएको छ ।

उनीहरु रोल्पाबाट बुटवलतर्फ आउँदै गर्दा रुपन्देही सैनामैना नगरपालिका वडा नं १० स्थित पूर्व पश्चिम लोकमार्गको कोठी वनबाट अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलको टोलीले आज दिउँसो नियन्त्रणमा लिएको प्रवक्ता सुरेश भुसालले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !