५ आश्विन २०८१, शनिबार

आजदेखि खुल्यो महिला लघुवित्तको आईपीओ

प्रकाशित मिति :  12 February, 2021 2:05 pm


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्था लिमिटेडको आईपीओ आजदेखि बिक्री खुला भएको छ । कम्पनीले शुक्रबारबाट सर्वसाधारणको लागि ४ करोड रुपैयाँ बराबरको आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।

कम्पनीले ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता सेयर सर्वसाधारणका लागि बिक्री खुल्ला गरेको हो । कम्पनीले १०० रुपैयाँ अंकित दरका कुल ४ करोड रुपैयाँबराबरको आईपीओ निष्कासन गरेको हो।

कुल कित्तामध्ये ५ हजार कित्ता कर्मचारी र २० हजार कित्ता समूहिक लगानी कोषहरुका लागि छुट्याइएको छ। बाँकी ३ लाख ७५ हजार कित्तामा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

हाल चुक्ता पुँजी ६ करोड रुपैयाँ रहेको यस लघुवित्तको आईपीओ बिक्रीपछि चुक्तापुँजी १० करोड रुपैयाँ पुग्नेछ ।यसअघि यो आईपीओ माघ २८ गतेदेखि नै निष्कासन हुने भनिएको थियो। तर सीडीएस एन्ड क्लियरिङले प्राविधिक कारण देखाई निष्कासन मिति सार्न अनुरोध गरेपछि आज माघ ३० गतेबाट बिक्री खुला गरिएको हो।

कम्पनीले उक्त आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा एसबीआई बैंकिङ लिमिटेडलाई नियुक्त गरेको छ ।



प्रतिक्रिया दिनुहोस !