४ आश्विन २०८१, शुक्रबार

तोकिएको समयमै चुनाव हुन्छ,शंका गर्नै पर्दैन : अर्थमन्त्री पौडेल

प्रकाशित मिति :  12 February, 2021 2:01 pm


काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ओली समूहका महासचिव एवं अर्थमन्त्री विष्णु पौडेलले बैशाखमा तोकिएको समयमै चुनाव हुनेमा शंका नगर्न आग्रह गरेका छन् ।

लुम्बिनी सञ्चारसँग कुरा गर्दै मन्त्री पौैडेलले भने, “प्रष्ट छ, मुलुक मध्यावधि निर्वाचनमा जान्छ । आगामी वैशाख १७ र २७ गते प्रतिनिधि सभाका लागि निर्वाचन   हुन्छ ।”

मन्त्री पौडेलले नयाँ प्रतिनिधि सभाले संविधानले परिभाषित गरेको विषयलाई अगाडि लिएर जाने उल्लेख गरे ।

उनले भने,“मुलुकले जुन प्रकारको आर्थिक नीति तय गरेर जाने काम खासगरी यो संविधान बने पश्चात् जुन प्रकारको आर्थिक नितिका साथ मुलुकलाई अगाडी लान चाह्यो त्यही दिशामा मुलुकलाई हामी द्रुत गतिमा अगाडी लैजान्छौं ।”

निर्वाचनको परिणमले समाजवादका लागि अनुकुल आधार निर्माण गर्ने दाबी गरे ।

उनले भने, “हामीले चाहीँ के भनेका छौं भने अब राजनीतिक परिवर्तनपछि आर्थिक सामाजिक क्षेत्रको परिवर्तनमा हामी केन्द्रित हुने हो भन्ने हाम्रो मान्यता छ । त्यो केन्द्रित हुने भनिरहँदा हामी समृद्धिमा केन्द्रित हुन्छौं ।”

मन्त्री पौडेलले नयाँ चुनावपछि मुलुकलाई समृद्ध बनाउन नयाँ ढंगले पहल गर्ने बताए ।

 



प्रतिक्रिया दिनुहोस !