५ आश्विन २०८१, शनिबार

पर्यटन पूर्वाधार तथा पर्यटन उपज साझेदारीमा रोल्पाको परिवर्तन गाउँपालिका* छनौट

प्रकाशित मिति :  12 February, 2021 2:39 pm


परिवर्तन गाउँपालिकाको गाउँपालिकाको पर्यटकीय क्षेत्र छड्केधुरी

काठमाडौं । पर्यटन पूर्वाधार निर्माण तथा पर्यटन उपज साझेदारी कार्यक्रम अन्तर्गत रोल्पा परिवर्तन गाउँपालिका छनौटमा परेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपज साझेदारीमा २ सय आयोजना छनोट गरेको थियो । जस अन्तर्गत रोल्पामा परिवर्तन  गाउँपालिका परेको हो ।

कार्यक्रम परिवर्तन गाउँपालिकाको गौरीचौरदेखि छड्केधुरी फूलबारी हुँदै थवाङ जोड्ने युद्ध तथा धार्मिक पर्यटनका लागि माउन्टेन बाइक ट्रेकिङ पदमार्ग निर्माण हुने छ । यसका लागि १ करोड रुपैयाँ लागतको अनुमान गरिएको छ । जसअन्तर्गत संघीय सरकारको पर्यटन मन्त्रालयले ७० लाख रुपैयाँ उपलब्ध गराउने छ भने गाउँपालिकाले ३० लाख रुपैयाँ खर्च बेहोर्ने छ ।

रोल्पामा युद्ध पर्यटनको विकासका लागि सुनछहरी, थवाङ र रुन्टीगढीको होलेरीलाई पनि साझेदारी कार्यक्रममा पार्ने प्रयास भएको थियो । तर, कार्यक्रममा दुईखोली गाउँपालिकका परेको छ भने युद्धपर्यटनका लागि भन्दै ठूलो रकम बुटवल उपमहानगरपालिकाले पाएको छ ।

उपमहानगरपालिका अन्तर्गत बटौली (जितगढी)युद्ध संग्रालय निर्माणका लागि संघीय पर्यटन मन्त्रालयले ४ करोड ९७ लाख रुपैयाँ पाउने भएको छ । जितगढी अंग्रेजसँगको युद्धमा नेपालले विजयी हासिल गरेको ऐतिहासिक ठाउँ हो ।

*परिवर्तन गाउँपालिका हुनुपर्नेमा अन्यथा भएकाले सच्चाइएको छ ।



प्रतिक्रिया दिनुहोस !