५ आश्विन २०८१, शनिबार

महिला हत्या, हिंसाको विरुद्धमा ‘शव’ बोकेर प्रर्दशनमा उत्रिए अभियन्ता (फोटो फिचर)

प्रकाशित मिति :  12 February, 2021 3:27 pm


काठमाडौं । देशका विभिन्न ठाउँमा भएका हत्या हिंसाको विरुद्धमा काठमाडौंमा वृहत प्रर्दशन गरिएको छ । बलत्कार तथा महिला हिंसाहरु नरोकिएको भन्दै विभिन्न नागरिक अभियान्ताहरुले शव बोकेर वृहत र्याली गरेका छन् ।

प्रदर्शनमा उत्रिएका अभियान्ताहरुले महिला हिंसा बन्द गर्न, बलात्कारीलाई सजाय दिन, हत्यारा पहिचान गरी कारबाही गर्न माग गर्दै ‘प्रतिगमनविरुद्ध वृहत् नागरिक आन्दोलन’ नामक व्यानर बोकेर प्रर्दशनमा उत्रिएका हुन् ।

बैतडीको दोगडाकेदखार गाउँपालिका ३ कि १७ वर्षीय किशोरी भागरथी भट्टको माघ २१ गते विद्यालयबाट घर फर्कने क्रममा स्थानीय लवलेक जंगलमा बलात्कारपछि हत्या भएको थियो ।

तस्विर : अनिल सापकोटा  



प्रतिक्रिया दिनुहोस !