४ आश्विन २०८१, शुक्रबार

कोरोना भाइरसबाट ब्राजिलमा एकैदिन १३ सय बढिको मृत्यु

प्रकाशित मिति :  12 February, 2021 5:01 pm


ऐजेन्सी। ब्राजिलमा गत २४ घण्टामा कोरोना भाइरस संक्रमणको कारण १ हजार ३ सय ५१ जनाको मृत्यु भएको सरकारी स्रोतले जानकारी दिएको छ ।

गत २४ घण्टामा मात्र ब्राजिलमा ५४ हजार ७ सय ४२ जना व्यक्ति कोरोना संक्रमित भएका छन् । थप संक्रमित सहित ब्राजिलमा कुल संक्रमितको संख्या ९७ लाख १३ हजार ९ सय ९ जना पुगेको छ ।

ब्राजिलमा कोरोना भाइरसको संक्रमण यता हालसम्म २ लाख ३६ हजार २ सय १ जनाको मृत्यु भएको त्यहाँको स्वास्थ्य मन्त्रालयले तथ्यले देखाउछ छ । कोरोना भाइरसबाट विश्वभरी १० करोड ८३ लाख भन्दा बढी संक्रमित भएका छन् भने २३ लाख ७९ हजार भन्दा बढीको मृत्यु भएको छ ।

सन् २०१९ को डिसेम्बरबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट ८ करोड ३ लाख ६० हजार भन्दा बढी व्यक्ति मुक्त भएका छन्।



प्रतिक्रिया दिनुहोस !