५ आश्विन २०८१, शनिबार

पर्यटन पूर्वाधार तथा पर्यटन उपज साझेदारी अन्तर्गत प्रदेश २ मा १८ योजना छनौट

प्रकाशित मिति :  12 February, 2021 5:17 pm


काठमाडौं । संघीय सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले पर्यटन पूर्वाधार तथा पर्यटन उपज साझेदारी अन्तर्गत प्रदेश २ मा १८ आयोजना छानिएका छन् ।

देशभर छानिएका २ सय आयोजना मध्य प्रदेश २ मा विभिन्न स्थानीय पालिका अन्तर्गत १८ वटा आयोजना छानिएका हुन् ।

जस अन्तर्गत सिराहाको बलरा नगरपालिकामा हरित पार्क निर्माण, छठ,घाट व्यवस्थापन अन्तर्गत ३ करोड २५ लाख, महोत्तरीको एकडारा गाउँपालिका रिहेबिलिटेसन अफ राम कोल्हुवा पोण्ड एड पलानिङ अफ रिक्रिएसन पार्क एट कोल्हुवा पोण्ड एकडारा रुलर म्युनिसिपालिटि महोत्तरी डिस्ट्रिक्ट नेपालका लागि ३ करोड ५० लाख,महोत्तरीकै महोत्तरी गाउँपालिकामा महोत्तरी पोखरी सौन्दर्यीकरण तथा व्यवस्थापनका लागि ३ करोड ४८ लाख, सिराहा नगरपालिकामा सल्हेश पर्यटकीय आवास गृहका लागि ४ करोड ५५ लाख, धनुषाको मिथिला नगरपालिकामा मिथिया सागर पोखरिया पर्यटन सौन्दर्यीकरण योजनाका लागि ९३ लाख रुपैयाँ छुट्टाइएको छ ।

सिराहाको लक्ष्मीपुर पातारी गाउँपालिकामा ऐतिहासिक,धार्मिक एवं पर्यटकीय स्थल पतारी पोखरी सौन्दर्यकरण जिर्णोद्धार तथा पर्यटन प्रर्वद्धन कार्यका लागि ३ करोड ५० लाख रुपैयाँ, सर्लाहीको लालबन्दी नगरपालिकामा रेल्वे पुल दक्षिणको जग्गामा पर्यटकीय पोखरी तथा पार्क निर्माणका लागि १ करोड ३४ लाख रुपैयाँ, सप्तरीको सप्तकोशी नगरपालिकामा कमल दह जैविक विविधता संरक्षण तथा पर्यटन प्रर्वद्धनका लागि ४ करोड ५५ लाख रुपैयाँ छुट्टाइएको छ ।

सर्लाहीको हरिवन नगरपालिकामा कैलासपुरी धार्मिक तथा पर्यटकीय क्षेत्र विकास कार्यक्रममका लागि ४ करोड १७ लाख, सप्तरीको खडक नगरपालिकामा गमहरिया पोखरी सौन्दर्यीकरणका लागि ४ करोड ५५ लाख,सप्तरीकै तिलाठी कोइलाडी गाउँपालिकामा वाटर फन पार्क निर्माणका लागि ३ करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको छ ।

धनुषाको मुखियापट्टी मुसहरमिया गाउँपालिकामा लक्ष्मी नारायण मान्दिर तथा पोखरी सौन्दर्यीकरणका लागि १ करोड ७५ लाख महोत्तरीको गौशाला नगरपालिकामा पचाइन पोखरी तथा पार्क निर्माणका लागि ४ करोड ५० लाख, महोत्तरीकै जलेश्वर नगरपालिकामा भार्गवसर पार्क निर्माणका लागि ४ करोड ५४ लाख रुपैयाँ, बाराको विश्रमपुर गाउँपालिकामा विश्रामपुर सौन्दर्य पार्क निर्माणका लागि ३ करोड ४९ लाख रुपैयाँ विनियोजन गरिएको मन्त्रालयले जनाएको छ ।

रौतहटको ईशनाथ नगरपालिकामा इशनथ महादेव मठमा धर्मशाला निर्माण गर्न ३ करोड १४ लाख रुपैयाँ, रौतहटकै देवाही गोनाही नगरपालिकामा मधेशी संस्कृती संग्राहलयको निर्माण गर्न ४ करोड ५५ लाख रुपैयाँ र सर्लाहीको हरिपुर्वा नगरपालिकामा कालिका मन्दिर सौन्दर्यिकरणका लागि ३ करोड रुपैयाँ विनियोजन भएको छ ।

संघीय सरकारले बिनियोजन गरेको रकममा प्रदेश र महानगरपालिकाले ५० प्रतिशत खर्च आफैँ व्यहोर्नुपर्नेछ भने उपमहानगरपालिकाले ४० प्रतिशत, नगरपालिकाले ३५ प्रतिशत र गाउँपालिकाले ३० प्रतिशत खर्च व्यहोर्नुपर्ने छ ।

 

 



प्रतिक्रिया दिनुहोस !