४ आश्विन २०८१, शुक्रबार

बुटवलमा नेकपा ओली समूहको शक्ति प्रर्दशन

प्रकाशित मिति :  13 February, 2021 8:27 am


फाइल फोटो

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को ओली समूहले आज रुपन्देही बुटवलमा जनसभा गर्दैछ ।

ओली समूहले आजको सभालाई लुम्बिनी प्रदेशको प्रतिष्ठाको विषय बनाएको छ । ओली समूहका लुम्बिनी प्रदेश इन्चार्ज तथा मुख्यमन्त्री शंकर पोख्रेलले आजको सभालाई हेर्न भनेका छन् ।

माघ २८ गते काठमाडौंमा नेकपा प्रचण्ड-नेपाल समूहले गरेको जनसभापछि टिप्पणी गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीकै शैलीमा भनेका थिए,”देशभरीको होइन, एउटै प्रदेशका जनताको जनसहभागिता कस्तो हुन्छ हेर्न फाल्गुन १ गते वुटवलमा स्वागत छ राजधानीका पत्रकार मित्रहरुलाई । प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने सभामा २ लाख जनता उतार्ने दाबी गरिएको छ ।”

सभा मध्याह्न १२ बजेपछि बुटवल–७ को सिद्धेश्वर माविको प्राङ्गणमा तय गरिएको छ ।

पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजित भएको छ । एउटा समूहको नेतृत्व प्रधानमन्त्री केपी शर्मा ओलीले गरेका छन् भने अर्को समूहको नेतृत्व माधव कुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्डले गरेका छन् । दुबै समूहले देशभर जनसभा र प्रर्दशन गर्दै आएका छन् ।

प्रचण्ड-नेपाल समूहले प्रतिनिधि सभा विघटन प्रतिगामी कदम भएको भन्दै विरोध गर्दै आएको छ भने ओली समूहले आफ्नो कदम सही देखाउन प्रर्दशन र जनसभा गर्दै आएको छ । प्रचण्ड-नेपाल समूहले बुटवलमा यसअघि प्रर्दशन गरिसकेको छ ।



प्रतिक्रिया दिनुहोस !