४ आश्विन २०८१, शुक्रबार

विप्लव नेतृत्व नेकपाको नयाँ प्रस्ताव : वैकल्पिक संयुक्त सरकार र जनमतसंग्रह

प्रकाशित मिति :  13 February, 2021 5:04 pm


काठमाडौं । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले अहिलेको राजनीतिक निकासका लागि बैकल्पिक संयुक्त सरकार र जनमत संग्रहको प्रस्ताव गरेको छ ।

विप्लव नेतृत्वको नेकपाले वैज्ञानिक समाजवाद या पुँजीवाद भन्नेबारे जनमत संग्रहको प्रस्ताव गरेको छ ।

जनयुद्ध दिवसको अवसरमा आज शुभकामना सन्देश दिँदौ महासचिव नेक्र विक्रम चन्द विप्लवले भनेका छन्,“अग्रगामी राजनैतिक निकास दिने उद्देश्यका साथ आज जुन क्रान्तिकारी एवम् परिवर्तनकारी मित्र शक्तिहरुका बीचमा रणनैतिक संयुक्त मोर्चा निर्माण भएको छ यो ऐतिहासिक महत्वको त छ नै साथै दशकौं देखिको परिवर्तनकारी जनआकांक्षालाई प्रतिनिधित्व गर्ने र नेतृत्व दिन सक्षम पनि छ ।”

अहिले चुनाव या संसद पुर्नस्थापनाले समस्या समाधान नगर्ने विप्लवको दाबी छ ।

 कम्युनिष्ट पार्टीद्धारा संयुक्त रणनैतिक मोर्चाको घोषणा, विप्लवले मोर्चाका लागि पठाए जनसरकार प्रमुख

उनले भनेका छन्,“हाम्रो दृष्टिकोणमा असफल संसदीय व्यवस्थाबाट असफल संसदीय व्यवस्थामै घुमाउने निकास जनअपेक्षित निकास हुन सक्दैन । यसको अग्रगामी निकास रणनैतिक संयुक्त मोर्चाले संश्लेषण गरेको वैकल्पिक संयुक्त सरकार हुन सक्छ । जसले सार्वभौम शक्ति सम्पन्न जनताको जनमतद्वारा वैज्ञानिक समाजवाद या पुँजीवादको फैसला गर्नेमा नेतृत्व दिन सक्नेछ ।”

उनले सवै मित्रहरूलाई यही राजनैतिक विकल्पका पक्षमा गोलबन्द हुन आव्हान गरेका छन् ।

संसदवादी पार्टीहरुले दलाल पुँजीवादी सत्ता संकटलाई एक अर्को पार्टी र गुटको असफलतामा लगेर जनतालाई संसदीय व्यवस्थाको गोलचक्करभित्र घुमाउन खोजिरहेको महासचिव विप्लवको विज्ञप्तिमा उल्लेख छ ।



प्रतिक्रिया दिनुहोस !