४ आश्विन २०८१, शुक्रबार

ओली समूहको चुनावी निशानामा रोल्पा र रुकुम, विजयसहित प्रचण्ड-नेपाल समूहलाई सन्देश दिने उद्घोष

प्रकाशित मिति :  13 February, 2021 8:56 pm


नेकपा ओली समूहले बुटवलमा गरेको जनसभा

रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) को ओली समूहले आउँदो चुनावमा रोल्पा र रुकुममा चुनाव जित्ने दाबी गरेको  छ ।

बुटवलमा आज भएको जनसभालाई सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोख्रेलले आगामी चुनावमा रोल्पा र रुकुमा चुनाव जितेर देखाउने उद्घोष गरेका हुन् । उनले आउँदो चुनाव रोल्पा र रुकुममा केपी शर्मा ओलीको नेतृत्वमा विजयको झण्डा फराइने छ भन्ने कुराको उद्घोष गर्न चाहन्छु ।”

मुख्यमन्त्री पोख्रेलले रोल्पा र रुकुममा चुनाव जितेर प्रचण्ड र माधवकुमार नेपालले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट पार्टीको हितगर्न सक्दैन भन्ने सन्देश रोल्पा र रुकुममा चुनाव जितेर प्रमाणित गर्ने दाबी गरे ।

उनले भने,”चुनाव जितेर त्यसका माध्यमबाट प्रचण्ड र माधव कमरेडले नेतृत्व गरेको पार्टीले कम्युनिष्ट पार्टीको हित गर्न सक्दैन भन्ने कुरा रोल्पा र रुकुमका माध्यमबाट प्रमाणित गर्ने योजनाका साथ अगाडि बढेको कुरा तपाईंहरुकाबीच राख्न चाहन्छु ।”

पोख्रेल ओली समूहका लुम्बिनी प्रदेशका इन्चार्जपनि हुन् ।

रोल्पा र रुकुम तत्कालिन माओवादीको आधार क्षेत्र हो । पछिल्लो समय लगातार माओवादीले नै चुनाव जित्दै आएको छ । संघीयतामा गएपछि भने रुकुमलाई टुक्राएर पूर्व र पश्चिममा विभजित गरिएको छ ।

अहिले रुकुम पश्चिम कर्णाली प्रदेशमा पर्छ भने रुकुम पूर्व लुम्बिनी प्रदेशमा पर्छ । गत चुनावमापनि बाम गठबन्धन बनाएर चुनाव लड्दा पूर्वमाओवादीको नेतृत्वले नै टिकट पाएको थियो र विजयी पनि भएका थिए । नेकपा विभाजनपछि पूर्वलडाकूहरूलाई आफूतिर अर्कषित गर्ने प्रयास गरिरहेको ओली समूहले रोल्पा र रुकुमलाई चुनावी निशाना बनाएको हो ।



प्रतिक्रिया दिनुहोस !