५ आश्विन २०८१, शनिबार

तुलसीपुर उद्योग वाणिज्य संघमा मिश्रित परिणाम,अध्यक्षमा चालिसे विजयी

प्रकाशित मिति :  14 February, 2021 11:03 am


दाङ । तुलसीपुर उद्योग वाणिज्य संघको अध्यक्षमा वामपन्थी प्यानलका रामप्रसाद चालिसे विजयी भएका छन् ।

नयाँ नेतृत्वका लागि हिजो भएको निर्वाचनमा चालिसेले प्रतिद्वन्द्वी प्रजातान्त्रिक प्यानलका टेकनप्रसाद बस्नेतलाई ३४ मतले पराजित गरेका हुन् ।

सार्वजनिक मतपरिणाम अनुसार चालिसेले ८२९ मत प्राप्त गरे गर्दा उनका निकटम प्रतिद्धन्द्धी बस्नेतले ७९५ मत प्राप्त गरे । चालिसे नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ओली समूहका दाङ जिल्ला सदस्यसमेत हुन् ।

उपाध्यक्षमा प्रजातान्त्रिक प्यानलका ललितजंग शाह ८६० मत प्राप्त गरेर विजयी भएका छन् भने उनका प्रतिद्वन्द्वी बामपन्थी प्यानलका यज्ञबहादुर केसीले ७१८ मत प्राप्त गरे ।

वाणिज्य उपाध्यक्षमा मिनराज भण्डारीले ९७१ मत प्राप्त गरेर विजयी हुँदा उनका उनका प्रतिद्वन्द्वी गोकर्ण गिरीले ६०३ मत प्राप्त गरे ।

त्यस्तै खुल्ला उपाध्यक्षमा वामपन्थी प्यानलका रुपबहादुर खत्री निर्वाचित भएका छन् । उनले ८५६ मत प्राप्त गरे भने प्रजातान्त्रिक प्यानलका तुलसीराम न्यौपानेले ६९२ मत पाए ।

महासचिव पदमा प्रजातान्त्रिक प्यानलका बिनिल केसी १ हजार ५० मत प्राप्त गरेर विजयी भएका छन् । उनका प्रतिद्वन्द्वी केशवराज केसीले ५०७ मत प्राप्त गरेका छन् ।

सचिव पदमा खुशलराम शर्मा ६२२ मतका साथ निर्वाचित भएका छन् भने उनका प्रतिद्वन्द्वी बेदप्रसाद वलीले ३२७ मत प्राप्त गरे । सचिव पदकै उमेदवार सपना बस्नेतले ३१३ मत प्राप्त गरिम भने दुर्गाप्रसाद भण्डारीले १६१ मत प्राप्त गरे ।

कोषाध्यक्षमा देवबहादुर केसी १०५५ मत प्राप्त गरेर निर्वाचित भएका हुँदा उनका प्रतिद्वन्द्वी डिलबहादुर वलीले ४८६ मत प्राप्त गरे।

त्यसैगरी सहकोषाध्यक्षमा कमल गौतम ७३३ मतका साथ विजयी भएका छन भने उनका प्रतिद्वन्द्वी टेकप्रसाद केसीले ५३२ मत प्राप्त गरे । सहकोषाध्यक्ष पदमै उम्मेदवारी दिएका हेमेन्द्र खड्काले २२१ मत प्राप्त गरे ।

१७ सदस्यीय पदका लागि ४१ जना प्रतिस्पर्धामा उत्रिएका थिए ।



प्रतिक्रिया दिनुहोस !