५ आश्विन २०८१, शनिबार

केरुङ नाकाबाट आयात-निर्यात सहज बनाउन सरकारलाई कांग्रेसको आग्रह

प्रकाशित मिति :  14 February, 2021 12:36 pm


काठमाडौं । नेपाली कांग्रेसले केरुङ नाकाबाट आयात-निर्यात सहजका लागि पहल गर्न सरकारलाई आग्रह गरेको छ । प्रवक्ता विश्व प्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै नाका सहजका लागि तत्कालै पहल गर्न सरकारसँग माग गरेका हुन् ।

तुलनात्मक रुपले स्थिति सहज बनेको अवस्थामा पनि उत्तरी सिमाको प्रमुख व्यापारिक नाका केरुङमा नागरिक र व्यवसायीहरुले दुःख पाइरहेको विवरण निरन्तर प्राप्त भइरहेको भन्दै प्रवक्ता शर्माले सरकारको ध्यानाकर्षण गराएका छन् ।

विज्ञप्तिमा भनिएको छ,”०७६ माघ १५ देखि असार २७ सम्म पूर्ण रुपले बन्द भएको सामान ढुवानी त्यसपछि आंशिक खुला गरिएको तर दैनिक ५ कन्टेनरले मात्र प्रवेश पाउँदा १५ सय बढी कन्टेनर सिमामा अलपत्र स्थितिमा पर्नु दुःखद छ ।”

नाका सहज नहुँदा एकातर्फ नेपाली व्यवसायीहरु मर्कामा परेको र अर्को तर्फ राज्यकै राजस्व संकलनमा पनि असर पुगेको भन्दै कांग्रेसले चिनियाँ पक्षसँग यथासिघ्र संवाद गरेर समस्याको समाधान खोज्न सरकारलाई आग्रह गरेको छ ।



प्रतिक्रिया दिनुहोस !