५ आश्विन २०८१, शनिबार

महुली लघुवित्तद्धारा २१.०५ प्रतिशत लाभाशं घोषणा

प्रकाशित मिति :  14 February, 2021 1:34 pm


काठमाडौं । महुली लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई लाभाशं प्रस्ताव गरेको छ ।

गत माघ २९ गते बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आर्थिकको सञ्चित मुनाफाबाट संस्थाको चुक्तापुँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँको कुल २१.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ ।

प्रस्तावित लाभांशमा २० प्रतिशतले हुन आउने ३ करोड ७३ लाख २४ हजार रुपैयाँबराबरको बोनस सेयर र बाँकी १.०५ प्रतिशतले हुन आउने १९ करोड ५९ लाख ५१० रुपैयाँबराबरको नगद लाभांश (लाभांश कर प्रयोजनार्थ) छन्।

कम्पनीको उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकको स्वीकृतिपछि आगामी वार्षिक साधारणसभाबाट पारित गरेपछि मात्रै सेयरधनीलाई वितरण हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस !