९ कार्तिक २०८१, शुक्रबार

भागरथी हत्यारा खाेजीकाे माग राख्दै नेविसंघकाे प्रदर्शन

प्रकाशित मिति :  14 February, 2021 1:32 pm


‍काठमाडाैं  बैतडीकी १७ बर्षीय किशाेरी भागरथी भट्टकाे हत्यामा संलग्नहरूकाे खाेजी गरी कडा भन्दा कडा सजायकाे माग राख्दै नेविसंघले प्रदर्शन गरेकाे छ ।

आज बिहान नेविसंघका सभापति राजीव ढुंगाना लगायतका नेविसंघ नेताहरुकाे अगुवाइमा बागबजारस्थित पद्यकन्या क्याम्पस अगाडि प्रदर्शन गरिएकाे हाे ।

भागरथीलाइ न्याय र दाेषीलाई कडा कारबाहीकाे माग गर्दै पद्यकन्या क्याम्पसबाट शुरू भएका प्रदर्शनमा सहभागी महिलाले सेताे कपडामा रगतले पाेतिएकाे पहिरनमा बिराेध प्रदर्शन गरेका थिए ।

प्रदर्शनमा फेरियाे व्यवस्था, फेरिएन छाेरीहरूकाे अवस्था , लगाएत नारा र प्लेकार्ड बाेकेर भागरथी घटनाकाे सत्यतथ्य छानबिन गर्न माग राखि सरकार विरुद्ध नारावाजी समेत गरेका थिए ।

कार्यक्रममा नेविसंघकी नेतृ एलिजा ढकालले हामीले पलपलमा महशुस गर्ने असुरक्षाको अन्त्य कहिले हुन्छ? हामी माथी बोलेर हुने हिंसा अन्त्य कहिले हुन्छ? हामी माथी कुदृष्टी राख्नेहरु कहिले सुध्रीन्छन् ? हामी कहिलेबाट घरबाट भयमुक्त भएर बाहिर निस्किन पाउछौ? हामी कहिले देखि बलात्कारको बिरोध गर्न सडकमा निस्किनु पर्दैन? कहिले देखि? यी तमाम प्रश्न बोकेर समाधान खोज्दै, महिलाको सुरक्षीत भएर बाच्न पाउने अधिकारको सुनिश्चितताका लागि आफुहरु सडकमा आएकाे बताइ्न ।



प्रतिक्रिया दिनुहोस !