५ आश्विन २०८१, शनिबार

एनटर्क सुपरस्क्वाड संस्करणकाे नयाँ स्कूटर नेपाली बजारमा

प्रकाशित मिति :  14 February, 2021 6:01 pm


काठमाडौं । टीभीएसको आधिकारीक वितरक जगदम्बा मोटर्सले टिभीएसले एनटर्क १२५ सुपरस्क्वाड संस्करणको स्कूटर नेपाली बजारमा सार्वजनिक गरेको छ ।

जगदम्बा मोटर्सले एनटर्कको सुपर स्क्वाड एडिसन आजदेखि बिक्री सुरु गरेको छ ।

कम्पनीले डिज्नी इन्डियाको उपभोक्ता उत्पादन व्यवसायसंग सहकार्य गरेर टिभीएस एनटर्क १२५ को सुपरस्क्वाड नेपाली बजारमा ल्याइएको कम्पनीले जानकारी दिएको छ ।

जगदम्बा मोटर्सका प्रबन्ध निर्देशक शाहिल अग्रवालले हामी नेपाली ग्राहकलाई सबैभन्दा नयाँ र सेगमेन्टकै उत्कृष्ट उत्पादनहरू ल्याउन आफू प्रतिबद्द भएको बताए ।

एनटर्क नेपालको पहिलो ब्लुटुथ कनेक्टेड स्कूटर हो ।

सुपरस्क्वाड संस्करण आइरन म्यान, ब्ल्याक प्यान्थर र क्याप्टेन अमेरिकाबाट प्रेरित तीन आर्कषक रंग इन्भिन्सिबल रेड, स्टिल्थ ब्ल्याक, र कम्ब्याट ब्लूमा उपलब्ध छन् ।



प्रतिक्रिया दिनुहोस !