५ आश्विन २०८१, शनिबार

बजार खुलेको १ घण्टामै नेप्सेमा नयाँ रेकर्ड कायम

प्रकाशित मिति :  15 February, 2021 12:14 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्च नेप्सेले कारोबारको सुरुवाती समयमै नयाँ रेकर्ड राखेको छ । केही दिन यता ओरालो लागेको नेप्से सोमबार कारोबार सुरु भएको एक घण्टामै नयाँ रेकर्ड राख्न सफल भएको हो । यो समाचार तयार गर्दासम्म नेप्से ६५.४८ अंकले बढेर २५६९.०७ अंकमा पुगेको हो ।

अहिले नेप्सेमा रहेका १२ समुह मध्ये सबै समुहमा हरियाली छाएको छ । नेप्सेमा अहिलेसम्म १९३ कम्पनीका ८३ लाख ७८ हजार ९ सय २९ कित्ता सेयर किनबेच हुँदा ३ अर्ब ६० लाख माथी कारोबार भएको छ ।



प्रतिक्रिया दिनुहोस !