५ आश्विन २०८१, शनिबार

नक्कली डाक्टर बनेर सिफारिस गर्ने अर्घाखाँचीका एक व्यक्ति पक्राउ

प्रकाशित मिति :  15 February, 2021 12:41 pm


काठमाडौं । नक्कली डाक्टर बनेर सिफारिस गर्ने अर्घाखाँचीका एक जना व्यक्ति पक्राउ परेका छन् ।

नेपाल मेडिकल काउन्सिलबाट लिनुपर्ने स्थायी दर्ता प्रमाण पत्रका लागि निवेदन दिनेक्रममा पन्थीले डा.कृष्ण रिजालको फर्ममा पन्थीले डा. जितेन्द्र शर्मा लेखेर प्रमाणिकरण गरिदिएका थिए ।

असोज ६ गते रिजालको फर्ममा काउन्सिलको दर्ता नम्बर २३६४ भन्दै प्रमाणीकरण गर्दा शंकस्पद देखिएर प्रहरीले छानविन गरेको थियो ।

पन्थीले किर्ते गरेको खुलेपछि हिजो पक्राउ गरिएको प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले जनाएको छ । पन्थी अर्घाखाँचीको मालारानी गाउँपालिका वडा नं. ८ घर भइ हाल काठमाडौंमा बस्दै आएका थिए ।



प्रतिक्रिया दिनुहोस !