५ आश्विन २०८१, शनिबार

नेप्से ९२ अङकले बढ्दा २१ भन्दा बढी कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट

प्रकाशित मिति :  15 February, 2021 4:18 pm


काठमाडौं । नेपाल स्टक एक्सचेन्ज नेप्सेले भारी अंकले बढेर नयाँ रेकर्ड कायम गरेको छ । सोमबार ९२.४२ अंकले बढेर २५८६.०१ अंकमा पुगेर रोकिएको छ । सेन्सेटिभ परिसूचक पनि १५.३३ अंकले बढेर ४६९.४४ अंकमा पुगेको छ ।

नेप्सेमा आज कूल १२ वटै वटा उपसमूहको सेयरमा हरियाली छाएको छाउनुका साथै २ दर्जनभन्दा बढी कम्पनीको सेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ ।

यो दिन जीवन बीमा सर्वाधिक ६९७.९१ अंकले उकालो लागेको छ । निर्जीवन बीमा समूह ४४७.४४ अंकले बढेको आज बैंकिङ समूहमा ५७.३२ अंक, व्यापार समूहमा ७१.६ अंक, होटेल्स् समूहमा २४.१ अंक, विकास बैंक समूहमा ४९.९१ अंक, जलविद्युत् समूहमा ६४.४५ अंक, वित्त समूहमा ३४.७५ अंक, उत्पादन तथा प्रशोधन समूहमा १५९.६६ अंक, अन्य समूहमा ६२.६१ अंक, लघुवित्त समूहमा ३७०.३ अंक र म्युचुअल फन्ड समूहमा ०.१८ अंकले बढेका छन् ।

त्यसैगरी, आज कारोबार रकमको आधारमा निर्धन उत्थान लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वाधिक कारोबार गर्न सफल भएको छ । कम्पनीले ७० करोड ४८ लाख ४९ हजार रुपैयाँ बराबरको कारोबार गरेको छ ।

कुल २ सय ५ वटा कम्पनीको २ करोड २४ लाख ४७ हजार १५७ कित्ता सेयर खरिदबिक्री हुँदा १० अर्ब ३८ करोड ४१ लाख ९७ हजार ६६९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !