सरस्वतीकाे पूजा आराधाना गरी बसन्त पञ्चमी मनाइयाे
प्रकाशित मिति : 16 February, 2021 1:57 pm
काठमाडाैं । आज बसन्त पञ्चमी विद्याकी देवी सरस्वतीको विधिपुर्वक पूजाआजा गरी मनाइएको छ । आज बिहानदेखि देखभरका सरस्वती मन्दिरमा पूजाआरधान गर्नेको भीड लागेको छ ।
काठमाडौंको स्वयम्वुनाथ, गैरीधाराको नीलसरस्वती, लाजिम्पाटको नीलबराहीमा आज विषेश पूजा हुने गर्दछ ।
आज देशभरका विद्यालयहरूले साना नानीबाबुलाइ अक्षर आरम्भ गराएका छन् । बसन्त पञ्चमीका दिन अक्षर आरम्भ गर्नाले बालबालिमा छिटो विद्या आउने विश्वास रही आएको छ ।
अक्षरआरम्भका तस्बिरहरु :