५ आश्विन २०८१, शनिबार

भागरथीको बलात्कार र हत्या आरोपमा सहपाठी पक्राउ

प्रकाशित मिति :  17 February, 2021 11:07 am


बैतडी। माघ २१ गते बैतडीको दोगडाकेदार गाउँपालिका–७ की १७ वर्षीय किशोरी भागरथी भट्टको बलात्कार र हत्या गरेको आरोपमा प्रहरीले उनकै सहपाठीलाई पक्राउ गरेको छ ।

घटनाको १३औँ दिन पछि प्रहरीले सनातन माध्यमिक विद्यालयको कक्षा ११ मा अध्ययरत दिनेश भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।

भागरथी भट्टको बलात्कार र हत्यामा संलग्न अभियुक्तले प्रहरीसमक्ष आफ्नो अपराध स्वीकार गरेपछि उनलाई मंगलबार जिल्ला प्रहरी कार्यालय ल्याइएको छ ।

भागरथीका छिमेकीसमेत रहेका आरोपी युवाले सुरुमा भागरथीलाई सानो भीरबाट लडाइदिएको र घाइते अवस्थामा भागरथीको बलात्कार पछि हत्या गरेको बयान दिएको प्रहरी स्रोत बतायो । उनलाई बुधबार दिउसो ११ बजे सार्वजनिक गरिने प्रहरीले जानकारी दिएको छ ।

सनातन माध्यमिक विद्यालयको कक्षा १२ मा अध्ययरत भागरथीलाई सोहि विद्यालयमा कक्षा ११ मा अध्ययनरत दिनेश भट्टले बदला लिन यो घटना गराएको बताएका छन् । परिवारबीचको पुरानो रिसइबीले हत्या गरेको आरोपीले बयान दिएको स्रोतले बतायो ।

माघ २१ गते बुधबार विद्यालयबाट घर हिँडेकी भागरथीको बलात्कारपछि हत्या भएको अवस्थामा माघ २२ गते झाँडीमा शव फेला परको थियो।



प्रतिक्रिया दिनुहोस !