५ आश्विन २०८१, शनिबार

अजोड इन्स्योरेन्सले यो वर्ष लाभांश वितरण नगर्ने

प्रकाशित मिति :  17 February, 2021 6:15 pm


काठमाडौं। अजोड इन्स्योरेन्सले यसपटक आर्थिक वर्षको मुनाफाबाट लगानीकर्तालाई कुनै पनि लाभांश वितरण नगर्ने भएको छ ।

कम्पनी सञ्चालक समितिको माघ २१ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निणर्य गरेको हो ।

कम्पनीले आज एक पत्र जारी गर्दैआर्थिक वर्ष २०७६/७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि बीमा समितिमा पेश गरेको जानकारी दिएको छ।

‘८४ औँ बैठकको निर्णयअनुसार आ. व. २०७६र७७ को वित्तीय विवरण स्वीकृत गरी थप स्वीकृतिका लागि नियमानकारी निकाय श्री बीमा समितिमा पेश गरेको र शेयरधनीहरुलाई कुनै पनि लाभांश वितरण नगरेको व्यहोरा जानकारीका लागि अनुरोध छ,’ कम्पनीद्वारा जारी पत्रमा उल्लेख छ ।

कम्पनीले गत आर्थिक वर्षको अन्यसम्ममा २७ करोड ७९ लाख रुपैयाँ खुद बीमाशुल्क आर्जन गरी ६ करोड २० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

हाल अजोडको चुक्ता पुँजी १ अर्ब रहेको छ भने यसको रिजर्भ कोषमा भने ६ करोड ६३ लाख रुपैयाँ छ ।



प्रतिक्रिया दिनुहोस !