५ आश्विन २०८१, शनिबार

ग्रीन लाइफ हाइड्रोको सेयर बाँडफाँड, सवा ३ लाखले पाए १० कित्ता

प्रकाशित मिति :  19 February, 2021 12:57 pm


काठमाडौं । ग्रीन लाइफ हाइड्रोपावर कम्पनी लिमिटेडको साधारण शेयर बाँडफाँड भएको छ । सेयर निष्कासन तथा बिक्री प्रबन्धक बीओके क्यापिटल लिमिटेडको कार्यालयमा आज बिहान ९ बजे बाँडफाँड भएको छ ।

कम्पनीको आइपिओमा १३ लाख २२ हजार ९ सय ७१ जना आवेदकबाट २ करोड २६ लाख ९१ हजार ४९० कित्ताका लागि आवेदन परेको थियो । जसमध्ये ३ हजार ९ सय १२ जनाको आवेदन रद्द भएको भएको छ भने १३ लाख १९ हजार ५९ जनाको आवेदन सदर भएको क्यापिटलले जनाएको छ ।

गोलाप्रथाद्वारा गरिएको बाँडफाँडमा ३ लाख २५ हजार १ सय ६५ जना आवेदकले १० कित्ताका दरले शेयर पाएका छन् । त्यस्तै, भाग्यमानी २ जनाले थप १ र १ कित्ताका दरले ११ कित्ता शेयर हात पारेका छन् ।

ग्रीनलाइफले गत माघ २३ गतेदेखि २७ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँ दरमा कुल ३४ लाख ९६ हजार ४०० कित्ता आईपीओ निष्कासन गरेको थियो। कुल कित्तामध्ये ६९ हजार ९२८ कित्ता कम्पनीका कर्मचारी र १ लाख ७४ हजार ८२० कित्ता सेयर सामूहिक लगानी कोषलाई छुट्याइएको थियो। बाँकी ३२ लाख ५१ हजार ६५२ कित्तामा सर्वसाधारणले आवेदन दिएका छन्।



प्रतिक्रिया दिनुहोस !