५ आश्विन २०८१, शनिबार

हवाई भाडा बढ्यो

प्रकाशित मिति :  19 February, 2021 5:05 pm


काठमाडौं । हवाई सेवा प्रदायक कम्पनीको छाता सङ्गठन वायुसेवा सञ्चालक सङ्घ नेपालले हवाई इन्धनको मूल्य बढेसँगै हवाई भाडा बढाएको छ ।

नेपाल आयल निगमले गत फागुन ४ देखि लागू हुने गरी हवाई इन्धनमा प्रतिलिटर २ रुपैयाँ बढाउने निर्णय गरेपछि सोही अनुपातमा स्वचालित प्रणालीअनुसार मूल्य लागू गर्ने निर्णय भएको सङ्घले आज विज्ञप्तिमार्फत जनाएको छ ।

निर्णयअनुसार सङ्घमा आबद्ध वायु सेवा कम्पनीले फागुन ८ गतेदेखि नयाँ इन्धन मूल्य लागू गर्नेछन् । सो विषयमा नियामक नेपाल नागरिक उड्डयन प्राधिकरणबाट स्वीकृतसमेत प्राप्त भई आएकाले हवाई इन्धनको मूल्य समायोजन गरिएको सङ्घले जनाएको छ । नयाँ मूल्यअनुसार साविकको प्रतिलिटर रु ६५ बाट वृद्धि भई ६७ कायम गरिएको छ ।

हवाई इन्धनको मूल्य बढेकाले सबै गन्तब्यको उडानमा थोरै मात्रामा हवाई भाडादर वृद्धि गरिएको सङ्घका प्रवक्ता योगराज कँडेल शर्माले बताए ।

उनका अनुसार हवाई इन्धनको मूल्य बढेअनुरुप सबैभन्दा लामो गन्तब्य अर्थात् काठमाडौं–धनगढीका लागि ९० रुपैयाँ बढेको छ । काठमाडौँबाट सबैभन्दा नजिकको गन्तब्यमा न्यूनतम १० रुपैयाँ वृद्धि गरिएको छ भने काठमाडौँबाट हुने पर्वतीय उडानमा ७० रुपैयाँ बढेको छ ।



प्रतिक्रिया दिनुहोस !