४ आश्विन २०८१, शुक्रबार

प्रदेश २ का प्रदेश प्रमुख बर्खास्त र नयाँ नियुक्तिको कांग्रेसद्धारा विरोध

प्रकाशित मिति :  19 February, 2021 5:31 pm


काठमाडौं । नेपाली कांग्रेसले प्रदेश २ का प्रदेश प्रमुख बर्खास्त र नयाँ नियुक्तिको विरोध गरेको छ ।

सरकारको सिफारिसमा राष्टपतिले २ नं. प्रदेश प्रमुख तिलक परियारलाई बर्खास्त गर्दै राजेश झालाई नियुक्त गरेपछि कांग्रेसले विरोध जनाएको हो ।

नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले आज विज्ञप्ति जारी गर्दै भनेका छन्, अघिल्लो सरकारको पालामा प्रक्रिया बमोजिम गरिएको नियुक्तिलाई गत बर्ष बदर गरेर सरकारले स्वेच्छाचारी ढंगले नियुक्ति गरेको थियो ।

आज फेरि त्यही प्रवृत्ति दोहो¥याएर सरकारले एकातर्फ प्रदेश प्रमुखको गरिमा थप घटाउँदै जाने कर्म गरेको छ भने निर्वाचन घोषणा भएको छ भनेर दलको विवाद निरुपण नगर्न निर्वाचन आयोगलाई आन्तरिक दबाब दिने सरकार बर्खास्त र नियुक्ति तर्फ लाग्नु नैतिक आचारको दृष्टिले समेत अत्यन्तै गलत र आपत्तिजनक छ ।

संसद विघटनपछि ओली नेतृत्वको सरकार काम चलाउ स्थितिमा पुगेको भन्दै यसरी बर्खास्त, नियुक्ति आदि काम गर्न नमिल्ने र नपाईने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, अतः यसप्रति कडा विरोध जनाउंदै नेपाली कांग्रेस स्वेच्छाचारी ढंगले गर्ने यस्ता कार्य अविलम्ब रोक्न सरकारलाई चेतावनी दिन चाहन्छ ।



प्रतिक्रिया दिनुहोस !