४ आश्विन २०८१, शुक्रबार

नेकपामा समूह परिवर्तन गर्ने क्रम चल्दै: पूूर्वमन्त्री तामाङ दम्पती ओली समूहमा फर्किए

प्रकाशित मिति :  20 February, 2021 2:43 pm


काठमाडौं । विघटित प्रतिनिधिसभा सदस्य तथा नेकपा केन्द्रीय सदस्य शेरबहादुर तामाङ र प्रदेश १ को प्रदेशसभा सदस्य तामाङ पत्नी उषाकला राईले प्रचण्ड-माधव नेपाल समूह परित्याग गरेर केपी ओली समूहमा प्रवेश गरेका छन् । पुस ५ गते प्रतिनिधि सभा विघटनसँगै प्रचण्ड माधव नेपाल समूहमा रहेका तामाङ र राई ओली आजै समूहमा फर्किएका हुन् ।

तामाङ केपी ओली नेतृत्वको सरकारमा सुरुमा कानून मन्त्री थिए र तर एक कार्यक्रममा बंगलादेशमा अध्ययनरत नेपाली विद्यार्थीमाथि गलत शब्द प्रयोग भएको आरोप लागेपछि पदबाट राजिनामा दिए । जब पार्टी विभाजन भयो तब तामाङ सुरुमा एक दिन ओली पक्षको संसदीय दलको बैठकमा सहभागी भएर प्रचण्ड-माधव पक्षमा लागेका थिए ।

सिन्धुपाल्चोक क्षेत्र नम्बर २ बाट चुनाव जितेका तामाङले चुनाव जितेका थिए । राईले सामाजिक सञ्जालमा आफ्नो धारणा राख्दै भनेकी छन्, “हाम्रो कोहिप्रति आरोप प्रत्यारोप आग्रह पुर्वाग्रह छैन। सबै नेताहरुप्रति उच्च सम्मान छ। पार्टी फुटको यो मोडमा हामी जस्ता पार्टीका ईमान्दार कार्यकर्ताहरु मर्माहत छौं। हाम्रो व्यक्तिगत स्वार्थ केही छैन । यो मुलुक बनोस् , राष्ट समृद्ध र स्वावलम्बि स्वाधीन बनोस् कामना यहि हो। यो काममा जीवनभर लागि नै रहने छौं यो हाम्रो प्रतिबद्धता हो ।”

उनले अझै पार्टी एकतामा जान सकोस भन्ने सुभेक्षा समेत व्यक्त गरेकी छन् । उनले भनेकी छन्,”समाजवाद सपना मात्र होईन जनताको जीवनमा यथार्थ बनोस्। अझै पनि पार्टी एकतामा जान सकोस। हाम्रो पहिलो प्रयास र प्राथमिकता यहि छ । राष्ट्रको समृद्धि र विकास नै मुलुकको निकाश हो हाम्रो जोड यसैमा छ।”

उनले थपेकी छन्, प्रष्ट रुपमा भन्नुपर्दा यतिखेर हामी समाननीय प्रधानमन्त्री केपी ओलीले नेतृत्व गर्नु भएको नेकपा पार्टीको पंक्तिमा उभिने र फेरी पनि जनताको बहुदलीय जनवादको आलोकमा पार्टी निर्माण र मुलुकको भविष्य निर्माण गर्ने कुरामा आबद्द हुने निर्णय गरेका छौं ।”

उनले लोकतान्त्रिक व्यवस्थामा विचार सबैको स्वतन्त्रता भएको भन्दै आफ्नो इच्छा र विचार लागे अनुसार सबैले लाग्ने उल्लेख गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !