५ आश्विन २०८१, शनिबार

अनलाईन भुक्तानी प्रणाली साइबरसोर्सलाई गेटवे पेमेन्ट सर्भिसले व्यवसायीहरू माझ पुर्‍याउने

प्रकाशित मिति :  21 February, 2021 11:51 am


काठमाडौं । एन आई सी एशिया बैंकले नेपालमा पहिलोपटक भि󠅁त्र्याएको कार्डमा आधारित अनलाईन भुक्तानी गेटवे प्रणाली (साइबरसोर्स) लाई गेटवे पेमेन्ट सर्भिस प्रा. लि.ले आम व्यवसायीहरूमाझ पुर्‍याउने भएको छ ।

उक्त कम्पनीले नेपाल राष्ट्र बैंकबाट भुक्तानी प्रणाली संचालक (एक्इ) को सेवा तथा सुविधा गर्ने अनुमति प्राप्त गरेपश्चात् एनआईसी इशिया बैंकले ल्याएको अन्तर्राष्ट्रिय गेटवे प्रदायक कम्पनी साइबरसोर्सको गेटवे प्रणालीलाई नेपालमा सरल डिजिटल भुक्तानी प्रणालीलाई प्रभावकारी बनाउने विश्वास गरिएको छ ।

यसबाट इच्छुक मर्चेन्टहरूले जुनसुकै राष्ट्रिय तथा अन्तर्राट्रिय बैंकद्वारा प्रदान गरिएको कार्डहरूमार्फत भुक्तानी प्राप्त गर्न सक्ने प्रणाली सुचारु गर्न सक्नेछन् ।

अमेरिका, चीन, भारत लगायत एशिया, युरोप र अफ्रिकाका विभिन्न देशहरूमा प्रयोग भइरहेको साइबरसोर्स गेटवे प्रणाली आफ्नो उच्च सफलता दर र निर्वाध भुक्तानीका लागि विश्वजगतमा प्रतिष्ठित रहेको बैंकले जनाएको छ । यस सुविधामार्फत ठूलो संख्यामा रहेका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कार्ड प्रयोगकर्ताहरूसँग देशमा रहेका विभिन्न मर्चेन्टहरूले व्यवसायिक सम्बन्ध कायम गरी सोझै आफ्नो एन आई सी एशिया बैंक खातामा भुक्तानी प्राप्त गर्न सकिने छ ।

यस सहकार्यबाट उक्त फिनटेक कम्पनीले नेपालमा भिजा मास्टर कार्ड,युनियनपे लगायतका कार्डहरूबाट भुक्तानी गर्न मिल्ने प्रणालीको विकास गर्न समेत सघाउ पुग्नेछ भने नेपालका ठूला तथा मझौला व्यापारीहरूको उत्पादित बस्तु तथा सेवाहरूको सर्वसुलभ रुपमा अन्तर्राट्रिय बजारमा बिक्री वितरणमा सहयोग पुगी व्यवसायीहरूलाई आत्मनिर्भर बनाउने लक्ष्य लिइएको छ ।



प्रतिक्रिया दिनुहोस !