५ आश्विन २०८१, शनिबार

सनराइज बैंकको ग्राहकलाई मनकामना केबल कारको टिकट खरिदमा ‘क्यास व्याक’

प्रकाशित मिति :  21 February, 2021 12:08 pm


काठमाडौं । सनराइज बैंकले आफ्नो मोबाइल बैंकिङ्ग प्रयोग गरि मनकामना केबल कारको टिकट खरिद गर्दा क्यास व्याक दिने योजना ल्याएको छ ।

यस योजना अन्तर्गत सन्राइज बैंकका ग्राहकले बैंकको सन्राइज स्मार्ट प्रयोग गरि खरिद गरिएको हरेक टिकटमा ने.रु. १०० क्यास व्याक प्रदान गर्नेछ । यो योजना २०७७ फाल्गुण ७ देखि चैत मसान्तसम्म रहने बैंकले जनाएको छ ।

बैंकले ल्याएको यस योजनाले नगद कारोबारको सट्टामा डिजिटल कारोबारलाई प्रोत्साहित गर्दै नगद मार्फत हुनसक्ने सम्भावित संक्रमणको जोखिमलाई समेत न्यूनिकरण गर्ने बैंकको विश्वास छ ।

डेबिट/क्रेडिट कार्ड, मोबाइल बैकिङ्ग, इन्टरनेट बैंकिङ्ग लगायतका अत्याधुनिक बैंकिङ्ग उपकरणहरुको प्रयोगलाई बढावा दिँदै सर्वसाधारण जनतालाई डिजिटल माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन गर्न भन्दै सन्राइज बैंकले बिभिन्न नयाँ सेवा सुबिधा ल्याउँदै आएको छ ।



प्रतिक्रिया दिनुहोस !