सारथी नेपाल लघुवित्तले ९.५८ प्रतिशत लाभाशं दिने
प्रकाशित मिति : 24 February, 2021 12:46 pm
काठमाडौं । सारथी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीलाई ९.५८ प्रतिशत लाभाशं दिने भएको छ ।
हिजो मंगलबार बसेको कम्पनी संचालक समितिको बैंठकले मर्रजरपश्चात हाल कायम रहेको चुक्ता पुँजी २३ करोड ५३ लाख ८६ हजार १५० रुपैयाँको ९.५८ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
बैठका प्रस्तावित उक्त लाभांशमा २ करोड १४ लाख ४४ हजार ३५० रुपैयाँबराबरको ९.११ प्रतिशत बोनस सेयर र ११ लाख २८ हजार ६५० रुपैयाँबराबरको ०.४८ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेका छन्।
कम्पनीले प्रस्तावित उक्त लाभाशं नेपाल राष्ट्र बैंकबाट स्वीकृत भएपछि आगामीसाधारणसभाबाट पारित भएपछि मात्रै सेयरधनीलाई वितरण गरिने बताएको छ ।