५ आश्विन २०८१, शनिबार

स्वरोजगार लघुवित्तको लाभाशं सुरक्षित गर्ने आज अन्तिम दिन

प्रकाशित मिति :  25 February, 2021 12:31 pm


काठमाडौं । रोजगार लघु वित्त वित्तीय संस्था लिमिटेडको लाभाशं सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।संस्थाले प्रदान गर्ने १३.२७ प्रतिशत लाभाशं पाउनको लागी आज सेयरधनी बन्नुपर्ने छ ।

संस्थाले साधारण सभा तथा लाभाशं वितरणका लागी फागुन १५ गते देखि २८ गते सम्म बुकक्लोज गर्ने निर्णय गरेको छ तसर्थ भोली शुक्रबार कारोबार नहुने हुँदा आजसम्म नेप्सेमा कारोबार भएका सेयर धनीले मात्रै लाभाशं प्राप्त गर्न सक्नेछन् ।

संस्थाको मंसिर १३ गते, शनिबार बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०७६/७७ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई १३.२७३ प्रतिशत बोनस शेयर र ०.६९८ प्रतिशत नगद (कर प्रयोजनका लागि) गरी कुल १३.९७१ प्रतिशत लाभांश दिने प्रस्ताव गरेको थियो ।

त्यस्तै संस्थाको बार्हाैँ वार्षिक साधारण सभा फागुन २९ गते, शनिबार, नेपाल प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौँमा बिहान ११ः३० बजेदेखि सुरू हुनेछ ।



प्रतिक्रिया दिनुहोस !