५ आश्विन २०८१, शनिबार

रुपन्देहीमा घुस लिएको आरोपमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई पक्राउ

प्रकाशित मिति :  25 February, 2021 12:34 pm


रुपन्देही । रुपन्देहीमा सशस्त्र प्रहरी निरीक्षकसहित दुई जना घुस लिएको आरोपमा पक्राउ परेका छन् ।

फर्निचरमा उद्योगलाई काठ मिलाइदिने भन्दै घुस रकम लिँदै गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनीहरुलाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस क्याम्प गैडहवा–३ लोण्डिहवा रूपन्देहीका प्रमुख सशस्त्र प्रहरी निरीक्षक दधिराम पौडेल र सशस्त्र प्रहरी नायव निरीक्षक राजेश पासी रहेका छन् ।

सेवाग्राहीको काष्ठ फर्निचर उद्योग सञ्चालनमा सहजीकरण गरिदिने भन्दै लिएको ५० हजार रुपैयाँ घुससहित नियन्त्रणमा लिएको अख्तियार बुटवलका प्रवक्ता सुरेश भुसालले जानकारी दिए । उनीहरुलाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको भुसालको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !