४ आश्विन २०८१, शुक्रबार

चिनियाँ राष्ट्रपति सीद्वारा निरपेक्ष गरिबी निर्मूल भएको घोषणा

प्रकाशित मिति :  25 February, 2021 1:15 pm


काठमाडौं ।  चिनियाँ राष्ट्रपति सी चिनफिङले देशमा निरपेक्ष गरिबी उन्मूलन भएको घोषणा गरेका छन् । राष्ट्रपति सीले बिहीबार गरिबी विरूद्धको लडाइँमा चीनले पूर्ण विजय हासिल गरेको घोषणा गरेका हुन् ।

विश्वको सबैभन्दा बढी जनसंख्या भएको देश चीनमा निरपेक्ष गरिबी समाप्त पारिएको सीले बताएका छन् । गरिबी विरूद्धको लडाइ लड्ने मोडलका योद्धाहरूलाई सम्मान गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो घोषणा गरेका हुन् ।

विगत ८ वर्षको अवधिमा ९ करोड ८९ लाख ९० हजार गरिबी रेखामुनि रहेका ग्रामीण गरिबलाको जीवनस्तरमा सुधार गरि उनीहरूलाई गरिबबाट बाहिर निकालिएको हो । चीनका ८३२ गरिब पके क्षेत्रका १ लाख २८ हजार गाउँलाई गरिबीको सूचीबाट हटाउन सफलता मिलेको हो ।

सन् १९७०को दशकदेखि गरिबी निवारण अभियान सुधार र खुला नीति अन्तर्गत सञ्चालन गरिएको थियो । सोही अवधिमा चीनले विश्वको गरिबी निवारण अभियानमा ७० प्रतिशत योगदान दिएको छ । सीले चीनले निरपेक्ष गरिबी हटाएर अर्को चमत्कारको एक अर्को इतिहास रचेको बताए । (सिन्ह्वा)



प्रतिक्रिया दिनुहोस !