५ आश्विन २०८१, शनिबार

एन आई सी एशिया बैंकद्वारा घातक रोगको उपचारवापत रू. १० लाखको बीमा रकम भुक्तानी

प्रकाशित मिति :  25 February, 2021 5:47 pm


काठमाडौं । एन आई सी एशिया बैंकले घातक रोगको उपचार वापत १० लाख रुपैयाँ बीमा रकम भुक्तानी गरेको छ ।

काठमाडौं जिल्लास्थित तिनचुली शाखामा सुपर चमत्कारिक बचत खाता ‘गोल्ड श्रेणी’ को खाता खोलेका गोकर्णेश्वर नगरपालिका–९ अत्तरखेल निवासी ५७ केदार कुमार उदासलाई घातक रोगको उपचारवापत उक्त रकम भुक्तानी गरिएको बैंकले जनाएको छ ।

बैंकका सहायक प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार राठीले उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका छन् । बीमा रकम एभरेष्ट इन्स्योरेन्ससँगको सहकार्यमा खातावालालाई भुक्तानी गरेको हो ।

हाल बैंकको न्यू प्रिमियम सुपर चमत्कारिक बचत खाता ‘डायमण्ड श्रेणी’ का ग्राहकलाई भविष्यमा आइपर्न सक्ने भवितव्यको लागि चाहिने आर्थिक स्रोतको जोहो गर्न बैंकले बीमा सुविधा प्रदान गर्दै आएको छ ।

यस बचत योजनामा १८ वटा विभिन्न घातक रोगको उपचारका लागि १० लाख रुपैयाँ, दुर्घटनाबाट पूर्ण रुपमा घाइते वा मृत्यु भएका व्यक्ति वा परिवारलाई १० लाख रुपैयाँ र मेडिकल जाँचमा हुने अस्पताल खर्च वापत १ लाख (अस्पताल भर्नामा रू.८० हजार र बहिरंग उपचारमा रू.२० हजार) रुपैयाँ सँगै विभिन्न निःशुल्क सुविधाहरू समेत ग्राहकले पाउने बैंकले उल्लेख गरेको छ ।

बैंकको बीमा सहितको निक्षेप योजनाअन्तर्गत अहिलेसम्म देशभरका ३९५ जना भन्दा बढी ग्राहक महानुभावहरूले बीमा वापतको २ करोड ४८ लाख रुपैयाँ भन्दा बढी रकम प्राप्त गरेका छन् ।

यस किसिमका बीमासहितको बचत योजनाहरूबाट आमसर्वसाधारणलाई बचत गर्न थप प्रोत्साहन र प्रेरणा मिलेको बैंकले विश्वास लिएको बैंकले जनाएको छ ।



प्रतिक्रिया दिनुहोस !