५ आश्विन २०८१, शनिबार

महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ बाडफाँट, १५ लाख भन्दा बढी व्यक्तिको हात खाली

प्रकाशित मिति :  26 February, 2021 10:51 am


काठमाडौं । महिला लघुवित्त वित्तीय संस्थाको आइपीओ बाडफाँट भएको छ । बिक्रि प्रबन्धक नेपाल एसबिआई मर्चेन्टले आज बिहान उक्त संस्थाको आइपीओ बाँडफाँट गरेको हो ।

महिला लघुवित्तको आईपीओ जम्मा ३७ हजार ५ सय जना आवेदकले १० कित्ता प्राप्त गरेका छन् । कम्पनीले सर्व साधारणका लागि ३ लाख ७५ हजार कित्ता शेयर निष्कासन गरेकोमा १५ लाख ४० हजार ३५ जनाले आवेदन दिएका थिए ।

आवेदन दिएका मध्य ३ हजार ३ सय ५३ जनाको आवेदन रद्द भएको छ । कम्पनीले गोलाप्रथाद्धारा आइपीओ बाडफाँट गर्दा १५ लाख २ हजार ५ सय ३५ जनाको हात खाली भएको छ । महिला लघुवित्तले माघ ३० गतेदेखि ४ करोड रुपैयाँ बराबरको ४ लाख कित्ता शेयर निष्काशन गरेको थियो ।

आईपीओ निष्काशनपछि कम्पनीको चुक्ता पुँजी १० करोड पुगेको छ ।

 



प्रतिक्रिया दिनुहोस !