५ आश्विन २०८१, शनिबार

चैनपुरमा खानेपानीको हाहाकार, खानेपानी नआउँदा सदरमुकामवासी खोलाकाे भर

प्रकाशित मिति :  28 February, 2021 12:46 pm


चैनपुर। चैनपुर बजारमा दुई सातादेखि खानेपानीको हाहाकार भएको छ ।

खानेपानीको पाइपको उचित व्यवस्थापन हुन नसक्दा बजारमा खानेपानीको समस्या भएको हो। सदरमुकामलाई लक्षित गरेर तेस्रो साना शहरी खानेपानी तथा सरसफाइ आयोजनाको काम भइरहेको छ ।

लामो समयदेखि धारामा खानेपानी नआउँदा होटल व्यवसायी बढी मर्कामा परेका छन् । धारामा खानेपानी नआउँदा सदरमुकामवासी बाउली खोला र सेती नदीको फोहर पानीको भर परेका छन्। धारामा पानी नआउँदा होटल व्यवसायी मात्र नभई सदरमुकाम चैनपुरमा डेरा गरी बस्दै आएका र अध्ययनका लागि आएका विद्यार्थीलाई पनि निकै सास्ती भएको छ ।

सेती नदी र बाहुलीगाढ खोलाको दूषित पानी पिउँदा सदरमुकामवासी बिरामी हुन थालेका छन् । फोहर पानीका कारण जिल्ला अस्पतालमा पानीजन्य सङ्क्रमणका बिरामीको सङ्ख्या बढदै गएको अस्पतालका प्रमुख डा सन्दीप ओखेडाले बताए । डाक्टर ओखेडाका अनुसार सदरमुकाम क्षेत्रका मानिसमा पछिल्लो समय मौसम परिवर्तनसँगै स्वच्छ पानी पिउन नपाउँदा झाडापखाला, आउँ, ज्वरो, रुघाखोकी जस्ता समस्या बढदै गएको बताए।

चैनपुर कुचा सडक निर्माणका क्रममा खानेपानीको पाइप काटिँदा सदरमुकाममा खानेपानीको समस्या आएको चैनपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष लोकेन्द्र विष्टले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !