४ आश्विन २०८१, शुक्रबार

चीनले २सय दिनका लगि ६५ अमेरिकी वस्तुमाथिको अतिरिक्त महशुुल हटायो

प्रकाशित मिति :  28 February, 2021 1:36 pm


काठमाडौं । चीनले ६५ अमेरिकी वस्तुमाथिको अतिरिक्त भन्सार महशुल हटाएको छ ।

आइतबारदेखि १६सेप्टेम्बर २०२१सम्म यो अतिरक्त भन्सार महशुुल हटाइएको चीनको भन्सार महशुल आयोगले जनाएको छ ।

आयोगले जारी गरेको सूची अनुसार काठ, पुस्तक, छान्ने उपकरण, मेसिन उपकरण, इन्जिन र चिकित्सा उपकरण लगायत ६५ अमेरिकी वस्तुमाथि अतिरिक्त भन्सार महशुल हटाइएको छ ।

गत फेब्रअरीमा चीनले अतिरिक्त भन्सार महशुुल दर अमेरिकाबाट हुने ७५ अर्ब अमेरिकी डलर बराबरको वस्तुुका आयातका लागि समायोजन गरेको थियो ।

पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका बेला अतिरिक्त भन्सार महशुुल चिनियाँ वस्तुमा थपे पछि शुुरू गरिएपछि दुुबै देशले महशुल बढाबढ गरेका थिए ।

 



प्रतिक्रिया दिनुहोस !