५ आश्विन २०८१, शनिबार

प्रहरीको साइबर ब्युरोको नक्कली फेसबुक बनाउने रुपन्देहीका युवक पक्राउ

प्रकाशित मिति :  28 February, 2021 3:20 pm


काठमाडौं । साइबर ब्युरोको आधिकारिक लोगो दुरुपयोग गरी नक्कली फेसबुक पेज बनाउने व्यक्ति पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा कपिलवस्तु वाणगंगा नगरपालिका–२ घर भई रुपन्देही सैनामैना बस्ने १८ वर्षका प्रज्वल पोख्रेल रहेका छन् ।

नक्कली पेजको प्रयोग गरेर सर्वसाधारणसँग प्रहरी प्रधान कार्यालय साइबर ब्युरोबाट प्रहरीले कुरा गरेजस्तो गरी आपराधिक लाभ समेत असुल गर्ने नियत देखिएको प्रहरी वरिष्ठ उपरिक्षक नविन्द अर्यालले बताए ।

अमन चयन र शान्ति सुव्यवस्था कायम गर्न अहोरात्र खटिने नेपाल प्रहरीको छवि बदनाम गर्ने र संगठन प्रति आस्थावान आम नागरिकलाई भ्रम पारेर आपराधिक काम गर्ने पोख्रेललाई पक्राउ गरेको उनको भनाई छ ।

पोख्रेललाई विद्युतीय कारोबार ऐन २०६३, अन्र्तगतको कसुर गरेको पाइएको हुँदा जिल्ला अदालत काठमाडौंबाट पक्राउ अनुमति लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीको सहयोगमा पक्राउ गरेर थप अनुसन्धान भइरहेको प्रहरी वरिष्ठ उपरिक्षक अर्यालले बताए ।



प्रतिक्रिया दिनुहोस !