५ आश्विन २०८१, शनिबार

नारी दिवसको अवसर पारेर मुक्तिनाथ विकास बैंकको ‘नारी विशेष अफर’

प्रकाशित मिति :  28 February, 2021 3:59 pm


काठमाडौं । अन्ततराष्ट्रिय नारी दिवसको अवसर पारेर मुक्तिनाथ विकास बैंक लि.ले ‘नारी विशेष अफर’ ल्याएको छ ।

यस अफर अन्र्तगत २०७७ फागुन १६ देखि २०७७ फागुन २३ गते भित्र मुक्तिनाथ बैंकको महिला पेवा बचत खाता खोलेमा निशूल्क मुक्तिनाथ भिसा डेबिट कार्ड र निशूल्क डिम्याट खाता पनि बैंक मार्फत खोल्नसक्ने छन् ।

यसका लागि ग्राहकले डेबिट कार्डको लागि आवेदन पनि यहि समय अवधि भित्र दिनु पर्ने बैंकका प्रमुख सूचना अधिकारी तिल बहादुर गुरुङ्गले बताए । नारीलाई नारी दिवसको शुभकामना दिन र बचतको प्रोत्साहन गर्न यो अफर ल्याएको गुरुङ्गले बताए ।

बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न भिजा नेटवर्क अन्तर्गत जुन सुकै बैंकको एटिएमबाट विना कुनै शुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

त्यसै गरी मोबाईल बैंकिङ्ग, क्यूआर कोड स्क्यान, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा आदि जस्ता कार्यहरु बैंकको शाखामा उपस्थित नभई घरबाट गर्न सकिने व्यवस्था गरेको उनले बताए ।

 



प्रतिक्रिया दिनुहोस !