५ आश्विन २०८१, शनिबार

नेपाल पत्रकार महासंघको चुनावमा ४ पत्रकार सङ्गठनबीच एकतावद्ध भएर जाने सहमति

प्रकाशित मिति :  28 February, 2021 4:24 pm


काठमाडौं । नेपाल पत्रकार महासङ्घको आसन्न निर्वाचनका ४ पत्रकार सङ्गठनहरु एकतावद्ध भएर जाने सहमति गरेका छन् ।

प्रगतिशील पत्रकार संघ, नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, जनपत्रकार संगठन,नेपाल र प्रेस नेपालबीच एकताबद्ध जाने सहमति भएको हो ।

चार पत्रकार संगठनले जारी गरेको संयुक्त विज्ञप्तिमा भनिएको छ,श्रमजीवी पत्रकारहरूको हकहितको पक्षमा विगतदेखि आन्दोलनरत रहँदै आएका हामी पत्रकार सङ्गठनहरूबिचको विगतको सहकार्यलाई आसन्न निर्वाचनको क्रममा निरन्तरता दिन प्रतिबद्ध छौँ ।

विज्ञप्तिमा नेपाल पत्रकार महासङ्घको सबै तहका संरचनाहरूमा वैचारिकलगायत विभिन्न जाति, भाषा, क्षेत्र र लैङ्गिक रूपमा साझा र समावेशी हुने गरी सबै क्रियाशील ससङ्घ–सङ्गठनको प्रतिनिधित्वको सुनिश्चितताका लागि सम्बन्धित सबै पक्षसित अपिल गरिएको छ ।

विज्ञप्ति भनिएको छ,पत्रकारहरूको पेसागत एवम् भौतिक सुरक्षाका लागि सम्बन्धित निकायलाई पहल गर्न र खबरदारी गर्न आह्वान गर्दछौँ ।

चार संगठनले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको ग्यारेन्टीका लागि सम्बन्धित निकायमा दबाब सृजना गर्दै प्रेस स्वतन्त्रता विरोधी कानुनहरूको खारेजीको माग समेत गरेको छन् ।

चारै संगठनले नेपाल पत्रकार महासङ्घको निर्वाचनलाई सहमतीय प्रणालीबाट सम्पन्न गर्न अपिल समेत गरेको छ ।



प्रतिक्रिया दिनुहोस !