५ आश्विन २०८१, शनिबार

पूर्वप्रधानमन्त्री भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकको निष्कर्ष

प्रकाशित मिति :  1 March, 2021 11:22 am


काठमाडौं । पूर्वप्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष बाबुराम भट्टराईको न्युरो-इन्डोक्राइनको ट्युमरमा क्यान्सर नभएको चिकित्सकले निष्कर्ष निकालेका छन् ।

समग्र परिक्षणपछि चिकित्सकहरुले ट्युमरमा क्यान्सर नभएको प्रमाणित भएको बताएका छन् ।

देखिएको ट्युमरलाई भने दुईरतीन महिनाभित्रै शल्यक्रियाद्वारा फाल्नुपर्ने पनि चिकित्सकले सुझाव दिएका छन् । बेलैमा शल्यक्रिया नभएमा भने क्यान्सरको खतरा पनि हुनसक्ने भन्दै चिकित्सकले सचेत गराएका भट्टराईका सल्लाहकार विश्वदीप पाण्डेले जानकारी गराए ।

अध्यक्ष भट्टराईको फेब्रुअरी २२ देखि दिल्लीमा स्वास्थ्य परीक्षण भइरहेको थियो । अध्यक्ष भट्टराई भोलि नेपाल वायुसेवाको जहाजबाट नेपाल फर्कने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस !