४ आश्विन २०८१, शुक्रबार

स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड-नेपाल समूहको निर्णय

प्रकाशित मिति :  1 March, 2021 11:49 am


काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ ।

आज बसेको सचिवालय बैठकले विकसित राजनीतिक घटनाक्रमबारे छलफलका लागि बैठक बोलाउने निर्णय गरेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए । केन्द्रीय कमिटीको बैठक फागुन १९ गते दिउँसो बोलाइएको छ ।

बैठकले पार्टीको आधिकारिकताका लागि पेश गरिएको दाबीबारे छिटो निर्णय गर्न निर्वाचन आयोगसँग माग समेत गरेको छ । गत पुस ५ गते प्रतिनिधि सभा विघटनपछि नेकपा विभाजित भएको थियो ।

एउटा समूहको नेतृत्व प्रचण्ड–नेपाल समूहले गरेका छन् भने अर्को समूहको नेतृत्व केपी शर्मा ओलीले गरिरहेका छन् । दुबै पक्षले तल्लो तहसम्म कमिटी निर्माण गरिरहेका छन् ।

सर्वोच्च अदालतले प्रतिनिधि सभा पुर्नस्थापना गर्ने फैसला गरेको थियो । सरकारले पुनस्र्थापित प्रतिनिधि सभा बैठक बोलाउन राष्ट्रपति समक्ष सिफारिस गरिसकेको छ । तर नेकपा वैधानिक रुपमा अझै विभाजित भएको छैन । आउँदो स्थायी कमिटी बैठक र केन्द्रीय कमिटि बैठकमा यि सबै विषयमा छलफल हुने प्रवक्ता श्रेष्ठले जानकारी दिए ।

साथै, बैठकले पार्टीको आधिकारिकता सम्बन्धी पेस गरिएको दाबीबारे छिटोभन्दा छिटो निर्णय गर्न निर्वाचन आयोगलाई अनुरोध गरेको छ ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले संसदीय दलको प्रमुख सचेतकबाट देवप्रसाद गुरुङलाई हटाएको विषयमा समेत छलफल भएको र त्यसको कुनै अर्थ र औचित्य नरहेको निष्कर्ष निकालिएको प्रवक्ता श्रेष्ठले बताए ।



प्रतिक्रिया दिनुहोस !