४ आश्विन २०८१, शुक्रबार

विप्लव नेतृत्व नेकपाका महोत्तरी-सर्लाही इञ्चार्ज सुस्लिङ पक्राउ

प्रकाशित मिति :  1 March, 2021 12:45 pm


महोत्तरी । विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका महोत्तरी-सर्लाही इञ्चार्ज पक्राउ परेका छन् ।

विभिन्न घटनामा संलग्न भएको तथा चन्दा आतंक मच्चाएको आरोपमा कमल सुस्लिङलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । सुसलिङलाई

महोत्तरीको गौशाला नगरपालिका-११ बाट पक्राउ गरेको प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले जानकारी दिए । विष्टले सुस्लिङलाई पक्राउ गरेको पुष्टि गर्दै अनुसन्धान भइरहेको जानकारी दिए । सरकार र वार्ताको हल्ला चलेपनि सरकारले नेकपाका नेता कार्यकर्तालाई पक्राउ गर्न भने छोडेको छैन ।

महासविच विप्लवले फागुन ८ गते सहज वातावरण अवस्थामा वार्ता गर्न तयार रहेको बताएका थिए । हिजो मात्रै प्रधानमन्त्री केपी शर्मा ओलीले विप्लव नेतृत्वको नेकपासँग छिट्टै वार्ता हुने बताएका थिए । प्रहरीले भने गिरफतारीलाई निरन्तरता दिइरहेको छ ।



प्रतिक्रिया दिनुहोस !