१२ मंसिर २०८१, बुधबार

भारतको निजी अस्पतालमा कोरोना खोप प्रति मात्रा २५०

प्रकाशित मिति :  1 March, 2021 1:14 pm


काठमाडौ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले दोस्रो चरणको कोरोनाभाइरस खोप अभियानको पहिलो खोप लिएर राष्ट्रियव्यापी खोपी अभियानको उद्घाटन गरेका छन् ।

६० वर्ष भन्दा माथिका उमेरका लागि यो चरणमा खोप अभियानको प्रधानमन्त्री मोदीले नयाँ दिल्लीको एआईआईएमएस अस्पतालमा खोप लिएर सांकेतिक अभियानको शुरूआत गरे ।

मैले कोभिडको खोप लिए भन्दै प्रधानमन्त्री मोदीले खोप लिन योग्य भएका सबैलाई खोप लिन आग्रह गरे ।

खोप लगाइदिएर पनि आफूलाई अनुभव नभएको भन्दै उनले सबैलाई खोप लिन प्रोत्साहित गरे ।

भारतको सरकारी खोप केन्द्रमा लिइए निशुल्क दिइने निजी अस्पतालमा यसको मुल्य २५० भारु तोकिएको छ ।

भारतका १२ पहिचान मध्ये कुनै १ लिएर जाँदा यो खोप उपलब्ध हुने प्रावधान गरिएको भारतका सञ्चार माध्यमहरूले जनाएका छन् ।

अबको २८ दिन पछि मोदीलाई खोपको अर्को मात्रा दिनुपर्ने स्वास्थ्यकर्मीहरूले जनाएका छन् ।

यसअघि अग्रपंक्तिमा काम गर्ने भारतीयहरूलाई खोप दिइएको थियो ।



प्रतिक्रिया दिनुहोस !